स्टेभेन स्मिथ एकदिवसीयको पनि कप्तान

काठमाडौँ- स्टेभेन स्मिथले अस्ट्रेलियाको एकदिवसीय क्रिकेट टिमको पनि कप्तानी गर्ने भएका छन् । भारतविरुद्ध पछिल्ला दुई टेस्ट सिरिज गुमाएका कप्तान प्याट कमिन्स टिममा नफर्किने भएपछि स्मिथले एकदिवसीयको पनि कप्तानी गर्ने क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।
स्मिथले भारतविरुद्धको अन्तिम दुई टेस्टमा पनि कप्तानको भूमिका निर्वाह गरेका थिए । चार खेलको टेस्ट सिरिज भने भारतले २-१ ले जितेको थियो ।
अब स्मिथले भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा पनि कप्तानकै रुपमा रहने छन् । अस्ट्रेलिया र घरेलु टोली भारतबीचको एकदिवसीय सिरिज शुक्रबारबाट सुरु हुँदैछ ।
आरोन फिन्चले कप्तानी छाडेपछि कमिन्स गत वर्ष एकदिवसीयको कप्तान बनेका थिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया