गायक प्रधानको निधनप्रति सभामुखद्वारा दुःख व्यक्त

काठमाडाैँ : सभामुख अग्निप्रसाद सापकोटाले वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् । सभामुख सापकोटाले आज अपराह्न ट्वीट गर्दै प्रधानप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।
सभामुख सापकोटाले नेपाली साङ्गीतिक क्षेत्रमा प्रधानले पुर्याएको योगदान स्मरणीय रहने बताएका छन् । प्रधानको आज बसुन्धरास्थित न्युरो अस्पतालमा छातीको उपचारका क्रममा निधन भएको थियो । प्रधानले ७०० भन्दा बढी गीत रेकर्ड गराएका छन् । उनका ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायत थुप्रै गीत चर्चित छन् ।
उनले गाएको विसं २०१७ मा तारादेवीसँगको युगल राष्ट्रिय गीत यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, २०२१÷२०२२ सालतिरको घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको जस्ता गीत अझै लोकप्रिय छन् । यस्तै यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो जस्ता लोकगीत पनि स्रोताले बिर्सेका छैनन् । प्रधानको आज ८४ वर्षका उमेरमा निधन भएको हो पुर्ख्याैली घर सिन्धुपाल्चोकको चौतारा भए पनि उहाँको जन्म काठमाडौंँको नःघलमा भएको थियो ।
पिता रत्नध्वज र माता प्राणदेवीका कोखबाट विसं १९९४ मा जन्मनुभएका प्रधानले २००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए । विसं २०२४ मा माइतीघर चलचित्रमा पहिलोपटक भारतीय गायिका उषा मंगेशकरसँंग गाएको नमान लाज यस्तरी जस्ता गीत अझै पनि सबैको जनजिब्रोमा झुण्डिएको छ ।
उनका हजुरबा नारायणकृष्ण र आमा सङ्गीतका पारखी भएकाले उहाँ सङ्गीतमय वातावरणमा हुर्किएका थिए । उनी किशोरावस्थामा नारायणगोपालका साथ झण्डै एक महिना बिताउने गरी चौतारा आएकाे पारिवारिक स्रोतले जनाएको छ । उनले आधुनिक, लोकगीत, भजन तथा नेवारी गीत गरी एक हजारभन्दा बढी गीत गाएको बताइन्छ । उनका श्रीमती र दुई छोरा छन् । रासस
चिनियाँ नेता सियाओ जी काठमाडौँमा

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

प्रतिक्रिया