कारागारमा रहेका १४ नेपालीलाई आममाफी दिने कतारको घोषणा

काठमाडाैँ : रमादान पर्वका अवसर पारेर कतार सरकारले १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय तथा अन्य कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका उनीहरूलाई आममाफी दिइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । आममाफी पाउनेको विवरण दूतावासले सार्वजनिक गरेको छैन । कतार सरकारले विभिन्न अवसर पारेर त्यहाँस्थित कारागारमा रहेका नेपालीलाई आममाफी दिँदै आएको छ ।
दोहास्थित नेपाली दूतावासले नेपाली कैदीबन्दीको रिहाइका लागि कतार सरकारसमक्ष अनुरोध गरेको थियो । आममाफी पाएका नेपालीको स्वदेश फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरण गरिने दूतावासले जनाएको छ ।
यसैबीच कतारले छिट्टै नयाँ नोट प्रचलनमा ल्याउने घोषणा गरेको उल्लेख गर्दै दूतावासले आफूसँग रहेका पुराना कतारी नोट तत्काल सटही गर्न त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ ।
कतारले २०२१ जुलाई १ देखि पुराना नोट चलनचल्तीमा ल्याउन नपाइने जनाएको छ । कतारले राष्ट्रिय दिवसको अवसर पारी २०२० डिसेम्बर १८ देखि पाँचौँ संस्करणको नयाँ कतारी रियालको नोट प्रचलनमा ल्याएको छ ।

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

प्रतिक्रिया