कमिसन नमिलेर खोप खरिद रोकिनु खेदजनक छ, छानबिन हुनुपर्छ : कांग्रेस

काठमाडौं : कमिसन नमिलेर कोभिड-१९ विरुद्धको खोप खरिद प्रक्रिया रोकिनु खेदजनक भएको नेपाली कांग्रेसले टिप्पणी गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले कमिसनको चक्करमा खोपको आपूर्ति रोक्ने विषयमाथि छानबिन हुनुपर्ने बताएका छन् ।
'जनताको जीवन रक्षा सरकारको प्रमुख जिम्मेवारी हो,' उनले इकागजसँग भने, 'तर, जीवन रक्षाको सवालमा सरकारले लापर्बाही गर्यो ।' पहिलो चरणको कोभिड-१९ महामारीमा पनि स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको सरकारले दोस्रो चरणको महामारीमा समेत खोप खरिदमा कमिसनको चक्करमा लाग्नु गलत भएको खाणको भनाइ छ ।
उनले भने, 'संक्रमितको संख्या बढिरहेको समयमा सरकारले संवेदनशीलता देखाउन सकेन । कमिसन नमिलेकै आधारमा खोप नआएको विषयमा तत्काल छानबिन गर्नुपर्छ ।'

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया