स्ववियु निर्वाचन: पाँच विद्यार्थी संगठन मिल्दा धनकुटा क्याम्पसमा सर्वसम्मत

विराटनगर - करिब १४ बर्षदेखि स्ववियूविहिन बनेको धनकुटाको धनकुटा बहुमुखी क्याम्पसमा पाँच प्रमुख विद्यार्थी संगठनहरु मिल्दा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । शनिबार भएको उम्मेदवारको मनोनयन सहमतिबाट गरिएका कारण धनकुटा बहुमुखी क्याम्पसमा १९ सदस्यीय स्वतन्त्र विद्यार्थी युनियन सर्वसम्मत चुनिन लागेको निर्वाचन अधिकृत मान बहादुर भण्डारीले जानकारी दिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले अन्य प्रक्रियाहरु पुरा गरेर सर्वसम्मत रुपमा स्ववियुको कार्यसमिति घोषणा गर्न भने बाँकी रहेको उनले बताए । अध्यक्षमा अनेरास्ववियुका सन्तोष बुढाथोकीको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी सर्वसम्मत बनेका हुन् । बुढाथोकी अनेरास्ववियु धनकुटाका सचिव समेत हुन् । स्ववियुको सचिवमा नेविसंघबाट सुवास खनाल र कोषाध्यक्षमा अनेरास्ववियुकै युवा तिम्सिना सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा अनेरास्ववियुबाट प्रविण खनाल, टेकेन्द्र सापकोटा, नविन पौडेल, भूमीराज राई, सुजन सुवेदी, मुना चापागाँई र कविता विश्वकर्मा चयन भएका छन् । नेविसंघबाट सदस्यहरुमा मेलिना राई, सुवाष भण्डारी र अनिल भट्टराई, अखिल क्रान्तिकारीबाट सदस्यहरुमा विपिनराज थापा, निरुता थापा मगर र किशोरकुमार रायमाझी चयन भएका छन् ।
नेकपा एस निकट अनेरास्ववियूबाट मनोज तामाङ र नानुका ठकुरी तथा जसपा निकट समाजवादी विद्यार्थी युनियनबाट निशा राई सर्वसम्मत चयन भएको जनाइएको छ ।

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि...

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

प्रतिक्रिया