उच्च लयमा रहेको नेपालले भोलि खराब प्रदर्शन गरिरहेको युएईविरुद्ध खेल्दै
क्रिकेट लिग-२

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा उच्च लयमा रहेको नेपालले भोलि आइतबार खराब प्रदर्शन गरिरहेको युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध खेल्दैछ ।
नेपालले कीर्तिपुरस्थित घरेलु मैदानमा युएईविरुद्ध खेल्नेछ । खेल नेपाली समय अनुसार ९:३० बजेबाट सुरु हुनेछ । युएईविरुद्ध मैदानमा उत्रदाँ नेपालले लगातार चौथो जितको खोजिमा हुनेछ ।
यसअघि नेपालले लगातार तीन खेलमा जित हात पार्दा पछिल्ला ९ मध्ये ८ खेल आफ्नो पक्षमा पारेको छ । साथै युएईमाथि जित हात पारे नेपालले लिग-२ को शीर्ष ३ मा पुग्ने सम्भावना कायमै राख्नेछ । पछिल्लो पटक नेपालले युएईलाई उसैको मैदानमा ४२ रनले पराजित गरेको थियो ।
यता युएईले भने पछिल्ला पाँचमध्ये चार खेलमा हार भोगेको छ । केवल नेपाललाई एक खेलमा ६८ रनले पराजित गरेको थियो । शीर्ष ३ को सम्भावना गुमाइसकेको युएईले शीर्ष ५ को सम्भावना कायमै राख्न पनि नेपाललाई पराजित गर्नुपर्नेछ ।
अंक तालिकाअनुसार ३३ खेलबाट ३४ अंक जोडेको नेपाल पाँचौ स्थानमा छ भने समान खेलबाट ३१ अंक जोडेको युएई भने छैटौ स्थानमा छ । सिरिज खेलिरहेको अर्को टिम पपुवा न्यूगिनी भने ३४ खेलबाट ११ अंकसहित पुछारमा रहेको छ ।
सबै ३६ खेल खेलिसकेका स्कटल्यान्ड (५० अंक), ओमान (४४ अंक), नामिबिया (३९ अंक) तथा अमेरिका (३५ अंक) सहित शीर्ष ४ मा रहेका छन् ।
नेपाल खेल्न बाँकी ३ वटै खेल जिते शीर्ष ३ मा पुग्दै विश्वकप छनोटमा स्थान बनाउनेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया