मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

सोमपालले क्यानाडाको क्रिकेट लिग खेल्ने

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर सोमपाल कामीले क्यानाडामा हुने टी-ट्वान्टी क्रिकेट लिग खेल्ने भएका छन् । सोमपालले क्यानाडाको फ्लावर सिटी टी-ट्वान्टी प्रिमियर लिग खेल्ने भएका हुन् ।

आयोजकले सार्वजनिक गरेको खेलाडीको सूचीमा सोमपाल ओटावा फाल्कोन्सका लागि खेल्ने निश्चित भएको छ ।

सोमपालको टिममा वेस्ट इन्डिज राष्ट्रिय टिमबाट टेस्ट, एकदिवसीय तथा टी-ट्वान्टी खेलिसकेका चाडविक वाल्टन पनि रहेका छन् । उनी वाल्टन टिमका आइकन प्लेयर हुन् ।

जुन ६ देखि १९ तारिखसम्म हुने लिगमा ६ टिमको सहभागिता रहनेछ ।

ओटावा फाल्कोन्सको टिमः