पारस खड्कासम्मिलित एसिया लायन्स विजयी

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासम्मिलित एसिया लायन्सले लिजेन्ड्स लिग क्रिकेट मास्टर्समा जित हात पारेको छ ।
कतारको दोहामा शुक्रबार राति भएको पहिलो खेलामा एसियाले इन्डिया महाराजाजलाई ९ रनले पराजित गरेको हो । १ सय ६६ रनको लक्ष्य पछ्याएको इन्डियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रनमात्र जोड्न सक्यो ।
इन्डियाका लागि कप्तान गौतम गम्भिरले सर्वाधिक ५४ रन तथा मुरली विजयले २५ रन जोडे । एसियाका लागि सोहेल तनविरले सर्वाधिक ३ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको एसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । मिसबाह-उल-हकले ७३ रन तथा उपुल थरंगाले ४० रनको योगदान गरे । पारस खड्का ३ रनमा अविजित रहे ।
इन्डियाका लागि स्टुआर्ट बिन्नी र परभिन्दर अवानाले समान २-२ विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया