एमाले बागमती प्रदेशको संसदीय बोर्ड गठन

हेटौंडा : एमाले बागमती प्रदेशले माधव नेपाल पक्षका सांसदहरुलाई समेटेर प्रदेश संसदीय बोर्ड गठन गरेको छ । दलका नेता तथा बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा १३ सदस्यीय बोर्ड गठन भएको हो ।
बोर्डको सदस्यमा प्रमुख सचेतक दीपक निरौला (पदेन), अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, विजय सुवेदी, शशिजङ थापा, उर्मिला कर्माचार्य, शान्ती थिङ, सरस्वती बाटी, नारायण बहादुर सिलवाल, सीता लामा र प्रदीप कटुवाल छन् । बोर्डको पदेन सदस्यमा दलको सचेतक र उपनेता रहने व्यवस्था भएपनि हाल सचेतक र उपनेता रिक्त रहेकोले पछि थप गरिने भएको हो ।
१७ बैशाखमा एमाले बागमती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको थियो । आज दिउँसो बागमती प्रदेश सभा सचिवालयलाई एमाले बागमती प्रदेशको संसदीय दलको मुख्य सचेतकमा दिपक निरौला र १३ सदस्यीय संसदीय बोर्ड गठन भएको जानकारी गराइएको प्रदेश सभाको प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।
प्रदेश सभालाई जानकारी दिन पत्रसहित मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचिव अनुप पौडेल पुगेका थिए । यसैबिच प्रदेश सभाले एमालेको मुख्य सचेतकमा निरौलालाई नियुक्त गरेको जानकारी आएसँगै गाडी उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया