स्ववियु निर्वाचन : कास्कीमा अनेरास्ववियु र क्रान्तिकारी गठबन्धन तयारी

पोखरा- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि शनिबार मनोनयन दर्ता हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा हुन लागेको निर्वाचनका लागि विद्यार्थी संगठनहरू उम्मेदवार छनोटदेखि समानुपातिक सदस्य चयन गर्न व्यस्त छन् ।
कास्कीका त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा चुनावी माहोल बनिरहेको छ । यहाँ पृथ्वीनारायण क्याम्पस, वन विज्ञान संस्थान पोखरा, विन्ध्यवासिनी संस्कृत विद्यापीठ, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस र जनप्रिय बहुमुखी क्याम्पसमा निर्वाचन हुँदैछ । यी क्याम्पसहरू मा पार्टी निकट संगठनहरू लागि परेका छन् ।
विद्यार्थी संगठनहरू तयारीमा जुटिरहेका बेला केही संगठनहरू गठबन्धनको तयारीमा जुटेका छन् । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटी अध्यक्ष विष्णु पोखरेलका अनुसार पृथ्वीनारायण क्याम्पसमा अखिल र अखिल क्रान्तिकारी मिल्ने सहमति भएको छ । पोखरेलका अनुसार यहाँ सभापति अनेरास्ववियुले लिने गरी सहमति भएको छ ।
‘पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुलाई सभापति, कोषाध्यक्ष र ५ जना सदस्य लिने अनि समानुपातिक आ–आफ्नो मत हुन्छ,’ उनले भने, ‘सचिव र ३ जना सदस्य क्रान्तिकारीलाई दिने सहमति भएको छ ।’ यसमा पार्टीको नेताहरूले छलफल गरी निर्णयपछि सहमति भएको उनले बताए ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य त्रिदिव गुरुङले आफ्नो संगठन गठबन्धनको तयारीमा रहेको बताए । तर, कुनसँग मिलेर जाने भन्ने विषयमा टुंगो नलागेको उनको भनाइ थियो । ‘अहिलेसम्म गठबन्धनको विषयमा सहमति त भएको छैन तर, सल्लाह भइरहेको छ,’ उनले भने, ‘ओपन छलफल भइरहेको छ । कता को सँग मिल्ने भन्ने भोलिसम्म थाहा होला ।’ अनेरास्ववियुसँग मात्र नभएर सबै संगठनसँग वार्ता भइरहेको उनले बताए ।
यता, नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाले भने सहमति नभएको तर सहमति नजिक पुगेको बताए । ‘अहिले नै सबै कुरा भएको छैन । वार्ता भइरहेको छ,’ उनले भने, ‘यसको टुंगो आजै त नलाग्ला तर भोलिसम्म केही होला ।’ अनेरास्ववियु कास्की जिल्ला संयोजक सन्तोष पोखरेलले पनि गठबन्धनको विषय आफूलाई जानकारी नभएको बताए ।
‘सहमतिमा जाने भन्ने कुरा अहिलेसम्म बाहिर आएको छैन,’ उनले भने, ‘आन्तरिक रूपमा अहिलेसम्म अखिल एक्लाएक्लै चुनाव लड्ने भन्ने कुरा आएको छ ।’ गठबन्धनको संभावना भने ६०/४० रहेको उनले बताए । केन्द्रीय तहबाटै निर्णय भएर आएमा मिलेर जाने उनको भनाइ थियो ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया