जग्गाको कम मूल्यांकन गरी राजश्व छली गरेको अभियोगमा वडाध्यक्षविरुद्ध मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपश्चिम राजमार्गमा जोडिएको जग्गाको कम मूल्याङ्कन गरी राजश्व छली गरेको अभियोगमा हरिवन नगरपालिका–१० सर्लाहीका वडाअध्यक्ष शम्भुप्रसाद मैनालीसमेत तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार राजमार्गसँग जोडिएको जग्गाको न्यूनतम मूल्यभन्दा कम राखी रजिष्ट्रेसन पास गरी हिनामिना गरेको अभियोगमा वडाअध्यक्ष मैनाली विरुद्ध रु नौ लाख ३६ हजार बराबरको बिगो दाबी गर्दै आज मुद्दा दायर गरिएको हो । यस्तै आयोगले स्थानीय गौरीकुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध पनि समान रु नौ लाख ३६ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
त्यस्तै आयोगले आजै सरकारी साक्षीका रूपमा पेस गरिएको बाबा कृष्णाराम पशुफार्म सप्तरीका सञ्चालक बेचन यादव मगरदैताविरुद्ध रु २१ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । विशेष अदालतमा गरेको बकपत्रमा अनुसन्धान हुँदा सरकारी साक्षीले बयानका क्रममा गलत बकपत्र गरेको पुष्टि भएकाले आजै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया