साढे २ किलो चरेससहित एक महिला पक्राउ

बुटवल- साढे दुई किलो चरेससहित रुपन्देही प्रहरीले भैरहवाबाट एक महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया बसपार्कबाट उनलाई पक्राउ गरिएको हो।
बेलहिया बसपार्कबाट सुनौलीतर्फ जाँदै गरेकी बाग्लुङको निसिखोला गाउँपालिका वडा नम्बर ६ बस्ने ३६ वर्षीया लालसरा घर्तीलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए।
शंकास्पद रूपमा हिँडिरहेकी घर्तीलाई रोकी सोधपुछ र चेक गर्दा उनको साथबाट साढे दुई किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकी घर्तीमाथि अनुसन्धान सुरु गरेको जनाएको छ।

घोराही कारागारमा बायोग्यास

राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

प्रतिक्रिया