भेडेटारमा ३० करोड लगानीमा सिसाको स्काइवाक बन्दै

सुनसरी - सुनसरीको धरानबाट माथिल्लो क्षेत्र भेडेटारमा सिसाको स्काइवाक बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना रु ३० करोड लागतमा सम्पन्न हुने बताइएको छ ।
वण्डर्स ग्रुपअन्तर्गत वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्याक्सन्स प्रालिले यो परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रबिन्द्र पोखरेलले जानकारी दिए ।
स्काइवाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइनेछ । स्काइवाकमा एकैपटकमा दुई सय जना हिँड्न सक्छन् । सिसाको स्काइवाकको तल भिर भएकाले बेग्लै अनुभव हुने पोखरेलको भनाइ छ ।
भेडेटारको हालको भ्यूटावर भएको ठाउँमा निर्माण सुरु गरिएको यस परियोजना सन् २०२३ भित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका निर्देशक दामोदर शर्माले जानकारी दिए । परियोजना साँगुरीगढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुनसरीको सिमानामा पर्दछ ।
परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको निर्देशक शर्माले बताए । काठमाडौँको कमलादीमा हाल निर्माण भइरहेको स्काइवाक टावर र इलामको कन्याममा निर्माण भई सञ्चालनमा आइसकेको कन्याम क्लाउड नामको स्काइवाक पनि वण्डर्स ग्रुपले निर्माण गरेको हो ।
रासस

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया