कैलालीका २७८ सहित सुदूरपश्चिमका थप ३६९ जनामा कोभिड संक्रमण पुष्टि

धनगढी : कैलालीका दुई सय ७८ सहित सुदूरपश्चिमका थप तीन सय ६९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६ सय ५० जनामा परीक्षण गर्दा तीन सय ६९ जनामा संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढीका एक सय १७ र अन्य स्थानीय तहका एक सय ६१ जना रहेका छन् । यस्तै सुदूरपश्चिमका अन्य जिल्लाका ९१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
प्रादेशिक अस्पतालमा अहिले ५८ जना गम्भीर प्रकृतीका संक्रमितको उपचार भइरहेको छ । २० जनाको आइसियू, तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने अन्यको अक्सिजन सहायतामा उपचार भइरहेको अस्पतालले जानकारी दिए । पछिल्लो २४ घण्टामा ६ जना संक्रमण मुक्त भएका छन् भने १४ जना अस्पताल भर्ना भएका छन् । अस्पतालमा उपचाररत थप चार जना संक्रमितको मृत्यु भएको छ ।

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने

घरमा नै बसेर फाेहाेर कानकाे सहज उपचार विधि जान्नुहाेस्
सीमा नाकामा कोरोनाको जोखिम कायमै

प्रतिक्रिया