पसल खोल्ने समय बढाउन तरकारी व्यवसायीको माग

हेटौंडा : हेटौंका तरकारी व्यवसायीले बजार खुल्ने समय बढाउन माग गरेका छन् । प्रशासनले बिहान ५ बजेदेखि ८ बजेसम्म बजार खुल्न दिने गरेको भएपनि तरकारी बिक्रि नभएपछि व्यवसायीले समय बढाउन माग गरेका हुन् ।
साँझ २ घण्टा वा बिहानै २ घण्टा बढी बजार खुलाउन व्यवसायीले माग गरेका छन् । ‘१५ हजारको तरकारी किनेर ल्याउँछु ५ हजारको पनि बिक्री हुन मुक्किल छ’, व्यवसायी लालबहादुर जैसवाल भने,‘तरकारी बिक्रि नहुँदा गाईलाई खुवाउन पठाउनु परेको छ ।’
एकै दिनमा तरकारी ओइलाउँछ, तरकारी बिग्रने र ग्राहकले त्यसलाई खरिद नगर्ने उनले बताए । ग्राहकहरुले ताजै खोज्छन् हिजोकै तरकारी बिक्रि भएको हुँदैन । यस्तो समस्या उनको मात्रै होइन, मध्यम खुद्रा तरकारी व्यवसायीको पनि यस्तै छ ।
उपेन्द्र ठाकुर खोपेगल्लीमा तरकारी व्यापार गर्दै आएका छन् । उनले दैनिक ४ हजार रुपैयाँको तरकारी होलसेल पसलबाट खरिद गरेर बेच्न ल्याउँछन । तर, एक हजारको मात्रै बिक्रि हुने गरेको छ । उनले बिहान ५ बजेदेखि ८ बजेसम्म बजार खुल्ने समय निकै कम भएको बताए । बेलुका २ घण्टा थप बजार खुले सबै तरकारी बिक्री हुने उनको भनाई छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया