कक्षाकोठा देखाउन स्कुलले डाक्यो अभिभावकलाई

भक्तपुर - भक्तपुरको एउटा स्कुलले अभिभावकहरुलाई बोलाएर कक्षाकोठा देखाएको छ । भक्तपुर नगरपालिका २ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलले ओपन डे २०७९ नामक कार्यक्रममार्फत् आफ्ना विद्यालयका विद्यार्थीका अभिभावकहरुलाई बोलाएर उनीहरुका सन्तानले पढ्ने कक्षाकोठा देखाएका हुन् ।
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले ससाना नानीबाबुहरुले खेलेर सिक्ने भएकोले कक्षाकोठामा उनीहरुका लागि उपयुक्त खेलकुद सामाग्रीहरु राखेको जनाए ।
यही खेलकुदका सामाग्रीहरु कक्षाकोठाहरुमा देखाउन अभिभावकहरुलाई बोलाएको बताए । प्लेग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई खेलमार्फत् सिकाउने गरेको उनले सुनाए । यसका लागि कक्षाकोठामै खेलमार्फत् हाजिर राख्ने तरिकादेखि अन्य अनेक तरिकाबाट सिकाउने विधि राखिएको देखिएको छ । त्यहाँं टिभीदेखि अनेक बहुमूल्य सामानहरु पनि छन् ।

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

प्रतिक्रिया