आजदेखि जजिरा एयरवेजले भैरहवाबाट कुवेत उडान भर्ने

काठमाडौँ- जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि आफ्नो उडानहरू पुनः सुरु गर्ने भएको छ ।भैरहवास्थित विमानस्थबाट जजिराले बाक्लो हुस्सु लाग्न थालेपछि गत ६ पुसदेखि सेवा स्थगित गरेको थियो। केही दिन यताको मौसम सफा हुन थालेपछि एयरलाइन्सले पुनः उडान सुरु गर्न लागेको हो ।
भैरहवाबाट साप्ताहिक रुपमा ३ वटा उडान हुने कम्पनीले जनाएको हो। जजिराले भैरहवाबाट कुबेतका लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ।
जजिराले भैरहवादेखि कुवेतसम्म २८ हजार ८ सय ३६ एकतर्फी उडानको भाडादर कायम गरेको नेपालस्थित जजीरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसका अध्यक्ष रवीचन्द्र सिंहले जानकारी दिए।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया