अन्तत: राजेशपायल राईले गरे साङबुङसँग औपचारिक विवाह

काठमाडौँ - गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग औपचारिक रुपमा विवाह गरेका छन् । गत मंसिर २६ गते काठमाडौं महानगरपालिका-३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेका छन् । उनीहरूको विवाह दर्ताको प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो ।
विवाहअघि लिभिङ टुगेदरमा बस्दै आएका उनीहरूको एक छोरासमेत छन् । साङबुङ २० वर्ष नपुगेका कारण छोरा हुँदासमेत उनीहरूले औपचारिक विवाह गरेका थिएनन् । विवाहबारे सञ्चारमाध्यममा समाचारहरू आएपनि राजेशपायलले भने अहिलेसम्म औपचारिक रुपमा केही खुलाएका छैनन् ।
विवाह दर्ताअनुसार राजेशपायलको उमेर ४७ वर्ष र प्रेमिका सङबुङ २१ वर्षकी छिन् । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकालले राजेशपायल राईले विवाह दर्ता गरेको पुष्टि गरे ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया