नेपाल एयरलाइन्सका दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

काठमाडौं - नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन् । पाइलट भावना गिरी पन्तसँगै कोपाइलट श्रृजना राउतको टोलीले अन्तर्राष्ट्रिय उडान उडान भरेका हुन् । एयर बस २३० जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेस सबै महिला रहेका छन् ।
यूएईबाट काठमाडौंका लागि आज बिहान ४ बजेर ५५ मिनेट जाँदा उडेको उक्त जहाजमा सबै क्रू मेम्बर महिला रहेको निगमले जनाएको छ।
एयरहोस्टेसहरूमा बास्ना राना, पुरअन्जक महर्जन, संगीता केसी र अनिशा प्रजापति रहेका छन् ।
निगमले महिला दिवसका अवसरमा एउटा उडान सबै महिला क्रू मेम्बरबाट गराएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दुवै पाइलटलाई बधाई दिएका छन् । यो संयोग मात्र नभई महिलाहरूले अवसर पाउँदा गर्न सक्छन् भन्ने प्रमाण भएको उनको भनाइ छ ।
नेवानीमा अरू ९ जना महिला पाइलटहरू पनि रहेको पनि उनको भनाइ छ । १ जना ए ३३० , ४ जना ए ३२० र ४ जना आन्तरिक उडानमा कार्यरत छन् ।
यसैगरी निगममा कार्यरत १४५ क्याबिन क्रु मध्ये ९६ जना महिला क्यावनि क्रु रहेका छन् ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया