बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

कृषि व्यवसायी महिलालाई भेट्न अस्ट्रेलियन राजदूत भोल्क जुम्लामा

काठमाडौँ- नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क जुम्ला पुगेकी छन् । भोल्क पतराशी गाउँपालिका पुगेको तस्बिर अस्ट्रेलियन दूतावासले फेसबुकमा राखेको छ ।

दूतावासले जनाएअनुसार भोल्कले पतराशीमा रहेका कृषि व्यवसायी महिलाहरुसँग भेटघाट गरेकी हुन् । अस्ट्रेलिया सरकारले महिला कृषि व्यवसायीहरुका लागि तालिम तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ ।

परिवारमा बढीभन्दा बढी आम्दानी भए बढीभन्दा बढी बालबालिका विद्यालय पुग्ने लक्ष्यसहित सहयोग गरिएको दूतावासले जनाएको छ ।