जब एउटै मान्छेले सेलेना र मिलीलाई गर्भवती बनाएको हल्ला चल्यो

लसएन्जल्स : गीतसँगै अफेयरका कारण पनि जस्टिन बिबरले प्रशस्त हल्ला मच्चाए । सानो उमेरमा गायनका कारण शिखर चुमेका क्यानेडियन गायक आजभोलि हेली बिबरसँग विवाह गरेर उतिसारो समाचारमा आउँदैनन् नत्र भने एक समय उनले लभ गरेर पनि तहल्का नै मच्चाएका थिए ।
उनको नाम सेलेना गोमेज, मिरान्ड केर, केन्डल जेनर लगायत थुप्रैसँग जोडिने गरेको थियो । तर, के तपाईंलाई थाहा छ ? उनले मिली साइरसलाई पनि गर्भवती बनाएका थिए ? जस्टिन र सेलेना गोमेजले ६ वर्ष उतारचढावपूर्ण सम्बन्ध बिताए । जस्टिन र सेलेनाले सन् २०११ देखि डेट गर्न सुरु गरेका थिए जुन सन् २०१८ सम्म चल्यो ।
यो बीचमा दुवैको झगडाका खबर त कति कति । सेलेना अन्तिमसम्म पनि यो सम्बन्ध बचाउने प्रयास गरिरहेकी थिइन् तर सकिनन् । सेलेनाबाट छुट्टिएको ६ महिना नबित्दै जस्टिनले विवाह गरे । तर, सन् २०१५ मा अनौठो हल्ला चल्यो । त्यो हल्ला थियो, सेलनो गोमेज र मिली साइरस गर्भवती भएको ।
अनि यसमा अचम्म के थियो भने दुवैलाई गर्भवती बनाउने मान्छे भनिएको थियो , जस्टिन बिबर । यो शंका थियो । यही समय चलेको हल्लामा सेलेना र मिलीबीच धुमधामसँग जस्टिनलाई लिएर झगडा परिरहेको पनि खबर थियो ।
लाइफस्टाइल डटकमले छापेको सो खबरमा भनिएको थियो, ‘जब मिलीले आफू गर्भवती भएको खबर सुनाइन् जस्टिन भड्किए । उनले बच्चाले आफू दवैको करिअर खतम गर्न सक्ने भन्दै रुष्ट भए ।’ उता सेलेनाले भने आफ्नो ब्वाईफ्रेन्डलाई गर्भवती बनाउनकै लागि पट्याएको आरोप मिलीमाथि लगाइन् । सो समाचारको हेडलाइन थियो ,‘ सेलना र मिली एकै मानिसद्धारा गर्भवती ।’
यो खबरको सेलनाले त खासै प्रतिक्रिया दिइनन् । तर मिलीको प्रतिक्रिया हेर्न लायक थियो । उनले सो समाचार इन्स्टामा सेयर गरेर मजाकिया अन्दाजमा लेखेकी थिइन्, ‘यसको मतलब जस्टिन बिवर हो ?’उता जस्टिन र सेलनाले भने यो खबरमा खासै प्रतिक्रिया दिएका थिएनन् । पछि यो खबर साँचो थियो कि झुठो त्यो पनि सतहमा आएन ।

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

प्रतिक्रिया