भाँचिएको आठ वटा नटबल्टु फेरिएपछि अरुण नदीको पुल संचालन

विराटनगर- भाँचिएको नटबल्टु फेरिएपछि अरुण नदीमाथिको पुल संचालनमा आएको छ ।
पुलको मध्य भागमा स्टिल ग्रिन्डर र भर्टिकल पोष्ट जोड्ने बेसप्लेटको आठ वटा नटबल्टु भाँचिएको पत्ता लागेपछि तीन दिनसम्म दोहोरो आवागमन रोकिनुका साथै १० टन माथिका सवारी साधन नै रोकिएका थिए । पुलबाट आवागमन रोकिँदा भोजपुर प्रवेश गर्ने र बाहिरिने सवारी साधनहरू रोकिनु परेको थियो ।
भाँचिएका नटबल्टु फेरिएपछि मंगलबारदेखि सम्पूर्ण यातायातका साधन संचालनमा आएको सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख राजेन्द्र साहले बताए ।
चितवनबाट आएको इन्जिनियरसहितको प्राविधिक टोलीले भाँच्चिएको नटबल्टु फेरेको हो । टोलीले पुलको अन्य भागमा समेत सुक्ष्म रूपमा निरीक्षण गरिरहेको साहले जानकारी दिए ।
पहाडी भेगमा अत्यधिक लोड बोक्नुपर्ने सवारी साधनलाई पुलको क्षमता अनुसार मात्रै चलाउनका लागि ट्राफिक प्रहरीसँग समन्वय गरिने भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । साथै नटबल्टु भाँचिनुका कारण समेत छानबिन गर्नका लागि प्राविधिकहरूसँग परामर्श गरिएको प्रजिअ घिमिरेले जानकारी दिए ।
सिंगल स्पान स्टिल ट्रस प्रविधिको एक सय २० मिटर लामो अरुण नदी पुलले धनकुटा र भोजपुरलाई जोडेको छ । यो पुल तरेर मात्रै पहाडी जिल्ला भोजपुर प्रवेश हुने गर्दछ ।

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि...

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

प्रतिक्रिया