महिलालाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लडाउनुपर्छ : उपाध्यक्ष अर्याल

काठमाडौँ- राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरूलाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताएकी छन् ।
मंगलबार राष्ट्रिय महिला आयोगको २१ औँ स्थापना दिवस तथा ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा महिलाहरू चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताएकी हुन् । उनले स्थानीय तह, प्रदेश सभा र संघीय संसद सबै ठाउँमा ५० प्रतिशत उम्मेदवार पुरुष र ५० प्रतिशत उम्मेदवार महिला हुनुपर्ने उल्लेख गरिन् ।
नेपालमा पुरुषको भन्दा महिलाहरूको जनसंख्या बढी रहेको उल्लेख गर्दै उनले महिलाहरू ३३ प्रतिशत प्रतिनिधित्वमा मात्रै सीमित हुनु नहुने जिकिर गरिन् । उपाध्यक्ष अर्यालले राज्यका निकायहरूको प्रमुख पदहरूमा महिलाको प्रतिनिधित्व पनि कम भएको भन्दै प्रमुख पदहरूमा महिला प्रतिनिधित्व गराउनतर्फ ध्यान दिनुपर्ने बताइन् ।
उनले महिलाहरूलाई समानुपातिकबाट प्रतिनिधित्व गराउँदा उसको योगदान र इतिहासलाई समेत अवमूल्यन गरेर आरोप लगाउने गरिएको बताइन् । उनले प्रत्यक्षतर्फ महिलाहरूलाई ५० प्रतिशत उम्मेदवार बनाउँदा आर्थिक चलखेलका घटना घट्ने र निर्वाचन प्रणालीमा शुद्धीकरण समेत हुने धारणा व्यक्त गरिन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया