शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

कारकाे ठक्करबाट बालिकाकाे मृत्यु

सर्लाही - सर्लाहीको बलरा नगरपालिका-२ मा  कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय हरेशन सहनीकी १८ महिने छोरी माया कुमारी रहेकी प्रहरीले जनाएकाे छ । 

भारतीय नम्बरको कारले बाटोमा खेलिरहेकी बालिकालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा प्रादेशिक अस्पताल मंलगवामा मृत्यु भएको हाे ।

ठक्कर दिने कारसहित चालकलाई प्रहरी चौकी छन्किटोलाले नियन्त्रणमा लिएको छ ।