सप्तरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

सप्तरी- सप्तरीमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बलान बिहुल गाउँपालिका-४ वेल्हीका ५५ वर्षीय विशो मण्डल रहेका छन् ।
हुलाकी सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बिआर ३२ वाई ६०५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किएर दुर्घटना भएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् ।
गम्भीर रहेका मण्डललाई उपचारका लागि बोदेबर्साइनस्थित जीवन ज्योति अस्पताल उपचारमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोही मोटरसाइकलमा सबार सोही ठाउँका राम लोचन शर्माको १८ वर्षीय छोरा कमलेशकुमार शर्मा घाइते भएका छन् । उनको जीवन ज्योति अस्पताल बोदेबर्साइन सप्तरीमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया