गायक तथा संगीतकार अमन प्रधान र सुचिन्दा श्रेष्ठको 'तिमी मेरो' को चर्चा चुलियो

सिन्धुपाल्चोक - गायिका तथा मोडल सुचिन्दा श्रेष्ठको "तिमी मेरो" बोलको गीत भावसागर युट्युब च्यानल मार्फत सार्वजनिक भएसंगै नेपाली साङगितिक बजारमा यो गीतले चर्चा बटुल्न थालेको छ ।
कालो केसमा रेलीमाई, फुलबुट्टे सारी, गाजल टिकि जस्ता चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका युवा निर्देशक राजेश पुमा राईको निर्देशनमा बनेको म्युजिक भिडियोमा मोडल तथा नायक सन्जिब थेबे लिम्बू र गायिका सुचिन्दा श्रेष्ठ स्वयंले अभिनय गरेका छन ।
प्रेमकथामा आधारित गीतको म्युजिक भिडियोले युट्युब र टिकटकमा चर्चा बटुलिरहेको छ। मुलुकको समसामयिक अवस्थाले तीन वर्षदेखि विदेशमा रहेको प्रेमी र नेपालमै आफ्नो प्रेमीलाई कुरिरहने प्रेमिकाबीचको प्रगाढ प्रेमिल भावलाई भिडियोमा समेटिएको छ ।
चर्चित निर्देशक राजेशपुमा राइले भिडियो रोमान्टिक र संयोगान्त सन्देशमुलक कथामा प्रस्तुत गर्न सफल भएका छन् । गीतको शब्द वरिष्ठ गीतकार अम्बिका गुरुङले लेखेकी हुन्। वेष्टन पप जनरामा बनेको गीतको एरेन्ज÷ मिक्स÷ माष्टर राहुल प्रधानले गरेका छन्। यो गीतको संगीत, चर्चित संगीतकार तथा गायक अमन प्रधानले गरेका हुन ।
गायन र नृत्य कलामा अब्बल सुचिन्दा श्रेष्ठको यस अघि “एक चोटि आईदेउन“ बोलको गीत हाईलाईट्स नेपाल युट्युब च्यानलबाट रिलिज भै सकेको छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया