धनकुटाबाट १०६ किलो गाँजा बरामद

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका ८ बाट प्रहरीले १०६ किलोग्राम गाँजा बरामद गरेको छ । कोसी राजमार्गको धरान–धनकुटा सडकमा रोकिराखेको को १ ज १८११ नम्बरको पिकअप गाडीबाट उक्त परिणामको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
गाडी चालक भने फरार रहेको बताइएको छ । शनिबार फेला परेको उक्त गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको भन्ने यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिए । गाडीका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया