यसकारण ओटीटी र हल दुवैमा रिलिज हुँदैछ ‘राधे’

मुम्बई : अघिल्लो वर्ष नै ‘राधे’ तयार भएर प्रदर्शनका लागि तयार थियो । तर, कोभिड १९को महामारीले भारतमा हल बन्द भएपछि हलमा रिलिज हुने सम्भावना टर्दै गयो । यता ओटीटी प्लेटफर्मवालाको नजर पनि ठूला स्टारका फिल्ममा थियो ।
ठूलो स्टारका ठूला फिल्म लिन सके सब्स्क्राइबर बढाउन सकिने ताक उनीहरुको थियो । यही कारण उनीहरुले अक्षयकुमारदेखि सलमान खानसम्ममा जोड लगाए । त्यसबेला अक्षयको ‘लक्ष्मीबम’सँगै ‘सूर्यवंशी’ र सलमानको ‘राधे’मा उनीहरुको बल थियो । यो थाहा पाएका हल संचालकले अक्षयकुमार र सलमान दुवैसँग हारगुहार गरेर हलमै रिलिज गर्न आग्रह गरे ।
हल संचालकको यो आग्रह टार्न नसकेर सलमानले ‘राधे’ हलमै रिलिज गर्ने वचन दिए । यता अक्षयकुमारले भने ‘सूर्यवंशी’ हलमै रिलिज गर्ने तर ‘लक्ष्मीबम’ भने डिज्नेलाई बेचिदिए । ‘लक्ष्मीबम’ डिज्ने प्लसमा रिलिज भयो तर फिल्म गतिलो नभएका कारण राम्ररी गाली खायो ।
यता संक्रमण मथ्थर हुन थालेपछि हल खुल्न थाले र सरकारले अकुपेन्सी ५० बाट १ सय प्रतिशत बनाएसँगै धमाधम फिल्मले प्रदर्शन मिति तोक्न थाले । सलमानको ‘राधे’ले पनि मे १३ का प्रदर्शन मिति तोक्यो । फिल्मको टिजर निस्कियो, गीत सार्वजनिक हुने मिति आयो ।
तर, यही बीचमा भारतमा कोभिड १९ को नयाँ लहर फैलियो । सलमानले बाध्य भएर फिल्म ओटीटीलाई बेच्ने निर्णय गरेर जि प्लेक्सलाई फिल्म बेचे । तर, उनले बाँकी निर्माताभन्दा फरक फिल्मलाई हलमा र ओटीटीमा एकै दिन रिलिज गर्ने निर्णय गरे ।
अब फिल्म दर्शकले हलमा चाहे हलमा वा घरमा बसेर हेर्न सक्छन् । यो निर्णय भने उनले हलवालाको अनुरोधका कारण लिएको अभिनेत्री दिशा पटानीले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा बताएकी छिन् ।
सलमानको यो निर्णयले बलिउडमा हाइब्रिड मोडलको सिनेमा रिलिजको सुरुवात गरेको छ । यसको असर के हुन्छ त्यो भने आउँदो शुक्रबार पछि मात्र थाहा हुने विश्लेषकले बताएका छन् ।

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

प्रतिक्रिया