मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

कक्षा १२ को परीक्षा वैशाख २६ देखि

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ ।

जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ । वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरु हुनेछ ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ ।