सुदूरपश्चिममा दुई तिहाई बहुमतको समर्थनसहित मुख्यमन्त्री शाहले पाए विश्वासको मत

कैलाली । सुदूरपश्चिममा प्रदेशमा दुई तिहाई बहुमतको समर्थनसहित मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । आज विश्वासको मत लिएका मुख्यमन्त्री शाहलाई नेकपा माओबादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजबादीले विश्वासको मत दिएका छन्।
सभामुखसहित ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, नेकपा एसका ४ र स्वतन्त्र १ जना गरि मुख्यमन्त्रीको पक्षमा ४१ मत प्राप्त भएको प्रदेश सभा सचीव देव बहादुर बोगटीले जानकारी गराएका छन ।
मुख्यमन्त्री शाहलाई मत नदिने निर्णय गरेका नेकपा एमालेका १० र राप्रपाका १ गरि ११ जनाले विपक्षमा मतदान गरेको सचिव बोगटीले जानकारी दिए ।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया