नेपाललाई लिग-२ को शीर्ष ५ मा उक्लिने अर्को अवसर

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा भोलि नेपालले घरेलु टोलीको सामना गर्दैछ ।
नेपाल र युएईबीचको खेल दुबई इन्टरनेसनल स्टेडियममा नेपाली समयअनुसार बिहान ११.४५ बजेबाट सुरु हुनेछ । नेपाल र युएईले एक-अर्काविरुद्ध खेल्दा दुबैको लिग-२ मा समान ३२ औँ खेल हुनेछ ।
भोलिको खेलमा युएईविरुद्ध जित हात पारे नेपाल लिग-२ को पाँचौ स्थानमा उक्लिने छ । सिरिजको तेस्रो खेलमा आइतबार युएईले पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अंकमै सिमित भयो ।
यता नेपालको ३१ खेलमा ३० अंक छ । अंक तालिका अनुसार युएई पाँचौ तथा नेपाल चौथो स्थानमा रहेका छन् । भोलिको खेलमा जित हात पारे नेपालको ३२ अंक हुनेछ र नेपाल पाँचौ स्थानमा उक्लिनेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया