सुदूरपश्चिममा दुई तिहाई बहुमतको समर्थनमा सरकार बन्नसक्ने

कैलाली । सुदूरपश्चिममा प्रदेशमा दुई तिहाई बहुमतको समर्थनमा सरकार बन्ने देखिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाई मतका साथ विश्वासको मत प्राप्त गर्दैछन् ।
आइतबार (आज) विश्वासको मत लिइरहेका मुख्यमन्त्री शाहलाई नेकपा माओबादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजबादीले विश्वासको मत दिने निर्णय गरेका छन् । त्यस्तै स्वतन्त्र १ सांसद डाक्टर तारा जोशीले पनि प्रतिपक्षमा रही विश्वासको मत दिने बताए ।
आइतबार दिउँसो १ बजेदेखि चलिरहेको प्रदेश सभा बैठकमा पनि तीनवटै दलका नेताहरुले दलहरुका नेताहरुले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने भन्दै विजयको शुभकामना पनि दिएका छन् । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, नेकपा एसका ४ र स्वतन्त्र १ जना छन् । यसरी मुख्यमन्त्रीको पक्षमा ४१ मत प्राप्त हुने देखिएको छ ।
मुख्यमन्त्री शाहलाई मत नदिने निर्णय गरेका नेकपा एमाले र राप्रपा प्रतिपक्षमा रहनेछन् । प्रदेश सभामा एमालेका उपसभामुखसहित १० सांसद छन् ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_YFmOiEE7Y2_vkl1vhjrwkcztp4tz0jlgehwp9dlflhnlfu1fxx6r4sregxybgqbjv4xuyiq.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया