नेपालको आन्तरिक मामिलाबाट भारत पछि हटे अन्य मुलुक हाबी हुने पूर्वराजदूत रञ्जित रेको दाबी

काठमाडौँ- नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले नेपालको सबै वर्ग तथा विशेषगरी नयाँ राजनीतिक शक्ति र युवासँग भारत संलग्न रहनुपर्ने धारणा राखेका छन् । भारतीय अनलाइन पत्रिका डेक्कन हेराल्डमा आलेख लेख्दै पूर्वराजदूत रेले सबै वर्ग तथा नयाँ राजनीतिक शक्तिसँग नजिक हुनुपर्ने धारणा राखेका हुन् ।
उनले यदि भारतले कुनै पनि पाइला पछि सारे नेपालमा खाली ठाउँ सृजना हुने तथा नेपालको आन्तरिक मामिलामा अन्य मुलुक हाबी हुने दाबी गरेका छन् । यो भारतको हितमा नहुने उनको भनाइ छ । ‘भारतको लागि, हाम्रो सुरक्षा र विकास उच्च दाउमा रहन्छ; हामीले नेपालका सबै वर्गहरू र विशेषगरी नयाँ राजनीतिक शक्तिहरू र युवाहरूसँग संलग्न रहनुपर्छ,' उनले लेखेका छन्, 'कुनै पनि कदम फिर्ता वा हाम्रो प्रोफाइललाई कम गर्दा एक खाली ठाउँ सिर्जना हुनेछ जुन अरूले भर्नेछ र यो हाम्रो दीर्घकालीन रणनीतिक हितमा नहुन सक्छ ।'
काठमाडौँ डिलेमा तथा रिसेटिङ इन्डिया-नेपाल टाइज पुस्तकका लेखक रेले नेपाल अहिले कमजोर आर्थिक अवस्थासँगै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन तथा चीनको बेल्ट एन्ड रोड इनिसियटिभका माध्यमबाट नेपाललाई आफ्नो प्रभावमा पाने होडबाजी चलिरहँदा नेपाल राजनीतिक अनिश्चितताले ग्रस्त बनेको समेत दाबी गरेका छन् ।

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए…

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

प्रतिक्रिया