सुदूरपश्चिमका मुख्यमन्त्री शाह भन्छन्- विश्वासको मत पाउनेमा विश्वस्त छु

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनेमा विश्वस्त रहेको बताएका छन् । नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अल्पमतमा रहेका शाहले नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर विश्वासको मत पाउने बताएका हुन् ।
प्रदेशमा सबै दलसँग छलफल भएको बताउँदै मुख्यमन्त्री शाहले सबै दलको साथ र समर्थनबाटै विश्वासको मत लिने बताए ।
प्रदेशमा नेपाली काँग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र स्वतन्त्र प्रदेश सभा सदस्य गरि ४१ जनाको मत आफुले प्राप्त गर्ने मुख्यमन्त्री शाहले बताए ।
उनले सञ्चार क्षेत्र नै परिवर्तनको सम्बाहक रहेकाले पत्रकारिता क्षेत्र निष्पक्ष, विश्वसनीय र यथार्थमा आधारित हुनुपर्ने बताए । उनले प्रदेशका विकट क्षेत्रका समस्यालगायतका बारेमा उजागर गर्न पनि सुझाव दिए ।
प्रदेश कार्य समितिका अध्यक्ष मनमोहन स्वाँरको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, नेपाली कांग्रेसका प्रदेश सभा सदस्य, नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारलगायतको सहभागिता रहेको थियो ।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया