सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन माओवादी र उन्मुक्तिको सर्तैसर्त

धनगढी - सुदूरपश्चिम सरकारका मुख्यमन्त्री मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन दुई वटा पार्टीले सर्त राखे पछि पुनः अन्यौल सिर्जना भएको छ ।नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले राखेका सर्तका कारण भोलि लिन खोजिएको विश्वासको मत अन्यौलमा परेको छ ।
माओवादी केन्द्रले यथास्थीतिमा मत दिन नसक्ने भन्दै केन्द्रीय कार्यालय, पेरिसडाँडालाई खबर गरेको छ भने उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिदैन्’ भन्ने प्रस्ट पारेकी छिन । दुवै पार्टीले मन्त्रालय भागबन्डामा कांग्रेस अनुदार देखिएको भन्दै तत्काल मत दिन नसकिने जनाएका हुन ।
मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री बनेका थिए ।
माओवादी केन्द्र र नेपाली कांग्रेसको केन्द्रमा गठबन्धन बनेपछि सुदूरपश्चिममा भने कांग्रेस ढुक्क देखिएको छ तर शनिबार दुवै दलले सर्त राखेपछि मुख्यमन्त्री शाह भने अन्यौलमा परेका छन् । यद्यपि विश्वासको मत लिनु अघिसम्म दुवै दलसँग सहमति भएर विश्वासको मत पाउने विश्वास मुख्यमन्त्री शाहले गरेका छन् । आज र भोली पनि शाहले दुवै दलसँग वार्ता र छलफल गर्ने कांग्रेस नेताहरूले जनाएका छन्।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया