सुनसरीका तीन किसान पुरस्कृत

सुनसरी - सुनसरीका तीन किसान पुरस्कृत भएका छन् । आधुनिक उपकरण प्रयोग गरी कृषि कर्म गर्दै आएका उनीहरुलाई यहाँ आयोजित एक कार्यक्रममा पुरस्कृत गरिएको हो ।
इनरुवामा मकै उत्पादन गर्दै आएका हरिप्रसाद मेहता र केरा उत्पादन गर्ने पावर्ती मेहता तथा भोक्रहा नरसिंहका गोलभेँडा उत्पादन गर्ने किसान दाउद अन्सारी पुरस्कृत भएका हुन् । एकता किसान कृषि सहकारीले शुक्रबार आयोजना गरेको कृषि उत्पादन प्रदर्शनीमा तीनै जनालाई सम्मानित गरिएको थियो ।
सहकारी अध्यक्ष डा सदानन्द साहका अनुसार आधुनिक कृषिजन्य उपकरण प्रयोग गरेर उत्पादन बढाएर कृषिमा आत्मनिर्भर भएका किसानलाई सम्मान गरिएको हो ।
रासस

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सकियो

आलु बिक्री गर्न कोसेली घर संचालन

पानी अभावले रोपाइँ हुन सकेन

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

प्रतिक्रिया