‘राउडी बेबी’ बन्यो दक्षिण भारतको सबैभन्दा बढी हेरिने गीत

तमिल स्टार धनुष र साइपल्लवी अभिनित गीत ‘राउडी बेबी’दक्षिण भारतबाट युट्युबमा सर्वाधिक हेरिने गीत बनेको छ । सोमबार गीत हेर्ने संख्याले १ बिलियन अर्थात १ अर्बको आँकडा छोएको छ । सन् २०१८ मा रिलिज भएको गीत धनुष अभिनित ‘मारी २’ मा समावेश रहेको थियो । युभान शंकर राजाले संगीत गरेको गीतलाई धनुष र धीले गाएका छन् ।
प्रभुदेवाले कोरियोग्राफ गरेको गीत रिलिज लगत्तै भाइरल बनेको थियो । युट्युबमा थुप्रै रेकर्ड बनाएको गीतले अन्ततः १ अर्ब भ्युज पाएको हो । यता ‘राउडी बेबी’ले १ अब दर्शक पाएकै दिन धनुषको अर्को भाइरल गीत ‘कोलाबेरी दी’ले ९ वर्ष पार गरेको थियो । धनुषले सोमबार ट्वीट गर्दै यो संयोगको चर्चा गरेका थिए । ‘कस्तो मीठो संयोग । राउडी बेबीले १ अर्बको माया पाएकै दिन ‘कोलाबेरी’को ८ औं वर्षगाँठ पर्यो । सम्पूर्ण टिमको तर्फबाट धन्यवाद,’ धनुषले ट्वीट गरेका छन् ।
साइ पल्लवीले पनि ‘राउडी बेबी’लाई यति धेरै दर्शकले अपनाएकोमा आभार व्यक्त गरेकी छिन् । गीतले यति बिघ्न माया पाए पनि ‘मारी २’ बक्स अफिसमा भने फ्लप मानिएको थियो । यसको पहिलो भाग सन् २०१५ मा रिलिज भएको थियो । दुवै भाग धनुषले निर्माण गरेका हुन् ।

बागीः४ पछि टाइगर श्राफ थप २ फिल्ममा देखिने

‘महावतार नरसिंहा’ सुपरहिट भएपछि निर्माताले बनाउने भए बिष्णुका दशैं अवतारका…

‘ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक

पपगायिका पेरीसँग क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो डेटमा

तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ

बलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

प्रतिक्रिया