सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आइतबार विश्वासको मत लिने

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भोलि (आइतबार ) विश्वासको मत लिने भएका छन् । मत लिनेबारे शाहले शुक्रबार साँझ प्रदेश सभा सुदूरपश्चिम प्रदेशका सभामुखलाई पत्र पठाएर जानकारी गराएका छन् । यसअघि गठबन्धनबाट नेकपा एमालेका राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
रावलले तोकेको समयमा विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपाली काँग्रेसका संसदीय दलका नेता कमल शाहलाई मुख्यमन्त्रीको पदमा नियुक्त गरेका थिए ।
केन्द्रमा कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति लगायत दलको समीकरण बनेपछि प्रदेशमा शाहले विश्वासको मत पाउने लगभग पक्का भएको हो । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ।
कांग्रेसका १९, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सदस्य छ्न् भने एमालेका १० र राप्रपाको एक गरी विपक्षमा ११ मत छ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_4gh6vlWnyZ_efvf4jxqlykqlee2y8fudscpzua8rbezqey5fqwpu3zknvprauhs9qfdq0vw.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया