नेपालगञ्ज उपमहानगरले दियो होम आईसोलेसनमा बसेकालाई घर-घर पुगेर किट

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले होम आईसोलेसनमा बसेका कोभिड संक्रमितहरूलाई घरघरमा पुगेर मेडिसिन किट र हाइजिन किट उपलब्ध गराउने भएको छ । उपमहानगर प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा मंगलबार बसेको कोभिड अनुगमन समितिको बैठकले नगरक्षेत्र भित्र होम आईसोलेसनमा बसेका सबैलाई उक्त किट उपलब्ध गराउने निर्णय गरेको हो ।
स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरूको टोली घरमै पुगेर हरेक संक्रमितलाई किट उपलब्ध गराउने नगर उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् । पिसिआर परीक्षणको तथ्यांक अनुसार नेपालगञ्जमा हाल २ हजार ४ सय जना होम आईसोलेसनमा बसेका छन् । बैठकमा होम आईसोलेसन बसेकाहरूलाई नियमित परामर्श दिनुका साथै, उनीहरूका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।
यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाले कोभिड-१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रभागमा खटिएका स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्न निर्देशन दिएको छ ।
कोभिड रोकथाम र नियन्त्रणका लागि उपमहानगरपालिकाबाट सञ्चालित कार्यक्रमहरूको अनुगमनका लागि गठित समितिको बैठकमा उपमहानगर प्रमुख डा. धवलशम्शेर राणाले कोभिड रोकथाम र नियन्त्रणका लागि यहाँका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र अन्य कर्मचारीहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै संकटको समयमा अग्रभागमा खटिएर काम गर्ने सबै जनालाई आभार प्रकट गरेका थिए ।
नेपालगञ्ज उपमहानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि ह्वाईट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आईसोलेसन केन्द्र सञ्चालन गरेको छ । उपमहानगरपालिकाले सीमानाकामा हेल्थडेस्क सञ्चालन गरिरहेको छ भने आईसोलेसन र हेल्थडेस्कसँगै होम आईसोलेसनमा बसेका कोभिड संक्रमितको परामर्शका लागि पनि प्रत्येक वडामा स्वास्थ्यकर्मी खटाएको छ । आईसोलेसनमा बसेकाहरूको खाना र नास्ताको व्यवस्था उपमहानगरपालिकाले गरिरहेको छ ।

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_TYtzP5iB2v_dwtcaaibnz6mgkyrjhgxspdzl41rclezstoykisi7y87hnsn7tcbjrbxf6yn.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_2N2vQN2d3W_x31omgvstxeqfcw4w6fp0c47gft1d7yfun6amnsqqyioquuyywtt234zaazy.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

प्रतिक्रिया