पीएनजीले दियो नेपाललाई १८० रनको लक्ष्य

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (युएई)मा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्यूगिनी (पीएनजी) ले नेपाललाई १८० रनको लक्ष्य दिएको छ ।
दुबई इन्टरनेसनल स्टेडियममा पीएनजीले टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १७९ रन जोड्यो । पीएनजीका लागि टोनी उराले ३९ रन तथा किपलिन डोरिगोले २६ रन जोडे । हिरीले ३१ रनको योगदान गरे ।
नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट तथा करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले एक-एक विकेट लिए ।
सिरिजअन्तर्गत नेपालले पीएनजीसँग दोस्रो पटक खेलिरहेको हो । यसअघिको पहिलो खेलमा नेपालले पीएनजीलाई ४ विकेटले पराजित गरेको थियो । तर, पीएनजीले भने अर्को खेलमा युएईलाई १ सय ३१ रनले पराजित गरेको थियो । अर्कोतर्फ दोस्रो खेलमा भने नेपालले बिहीबार युएईसँग ६८ रनको पराजय भोग्यो ।
लिग-२ अन्तर्गत यो नेपाल र पीएनजी दुवैका लागि ३१ औँ खेल हुनेछ । यसअघि ३० खेलबाट २८ अंक जोडेको नेपाल छैटौ स्थान तथा ७ अंक जोडेको पीएनजी पुछारमा रहेका छन् । युएई भने ३१ अंकसहित पाँचौ स्थानमा छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया