आए काभ्रेली कथा

पनौती साहित्य समाजले आफ्नो स्थापनाको अवसर पारेर कथा विशेषांक प्रकाशन गरेको छ । पनौती साहित्य दर्पण (भाग –४) लाई काभ्रेली स्रष्टाहरूको कथा सङ्ग्रह ‘प्रतिनिधि काभ्रेली कथा संग्रह’ को रुपमा प्रकाशित गरेको समाजका उपाध्यक्ष एवं यस संग्रहका प्रधान सम्पादक डा. सुमनराज ताम्राकारले जानकारी गराएका छन् ।
ताम्राकारले कथा विधामा काभ्रे बलियो भएको मात्र होइन नेपाली साहित्यमा आधुनिक कालको सुरुवात गर्ने नारी र पुरुष दुवै कथाकार काभ्रेकै भएका कारणले पनि यो पटक कथालाई प्राथमिकता दिएको जनाएका छन् । ‘काभ्रेको कानपुरमा पुख्र्यौली घर भएका गुरु प्रसाद मैनाली नेपाली आधुनिक कथाका अगुवा हुन् । त्यसैगरी काभ्रेकै चेली तुषार मल्लिका नेपाली साहित्य इतिहासमा पहिलो नारी कथाकारको रुपमा दर्जिएकी छिन् ’ ताम्राकारले जनाएका छन् ।
यस कथा संग्रहमा सामाजिक कथा, पौराणिक कथा, लघुकथा, द्वन्द्वकथा, सीमान्तकृत एवं प्रादेशिक कथाका साथै हाँस्य कथा गरी ३९ जना काभ्रेली स्रष्टाका कथाहरू समेटिएका छन् । यसमा अग्रजदेखि नवप्रवेशी कथाकारहरू गुरुप्रसाद मैनाली, तुषार मल्लिकाका साथै टंकनाथ शास्त्री, कृष्णप्रसाद पराजुली, किरण खरेल, कन्हैया नासननी, ध्रुव सापकोटा, हरि अधिकारी, रमा कर्णजित, हरिवंश आचार्य, अम्बु भवानी कार्की, फूलमान बल, विजय सापकोटा, दिनमान गुर्मछान, अनामिका सजल, हिरामाया घिसिङका साथै पनौती साहित्य समाजका अधिकांश सदस्यका कथा समेटिएका छन् ।

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

प्रतिक्रिया