टेस्ट सिरिजः भारतमाथि अस्ट्रेलियाको शानदार जित
काठमाडौँ- पाहुना टोली अस्ट्रेलियाले भारतविरुद्धको चार खेलको टेस्ट सिरिजको तेस्रो खेलमा शानदार जित हात पारेको छ । इन्दोरमा आज सम्पन्न तेस्रो टेस्ट अस्ट्रेलियाले ९ विकेटले जितेको हो ।
यससँगै सिरिज २-१ को अवस्थामा पुगेको छ । यसअघिका २ खेल भारतले आफ्नो पक्षमा पारेको थियो ।
तेस्रो खेल जित्न अस्ट्रेलियाले ७६ रनको लक्ष्य १ विकेट गुमाएर प्राप्त गर्यो । अस्ट्रेलियाका लागि ट्राभिस हेडले अविजित ४९ रन तथा मार्नस लाबुछानेले २८ रनको योगदान गरे ।
चेतेस्वर पुजाराको ५९ रनको मदतमा भारतले दोस्रो इनिङ्समा १ सय ६३ रन जोडेपछि अस्ट्रेलियाले ७६ रनको झिनो लक्ष्य पाएको थियो । अस्ट्रेलियाका लागि नाथन लायनले ८ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले पहिलो इनिङ्समा १ सय ९ रन जोड्दा सबै विकेट गुमाएको थियो । विराट कोहलीले सर्वाधिक २२ रन जोडे । अस्ट्रेलियाका लागि म्याथ्यु कुहेनम्यानले सर्वाधिक ५ तथा नाथन लायनले ३ विकेट हात पारे ।
जवाफमा अस्ट्रेलियाले पहिलो इनिङ्समा १ सय ९७ रन जोड्यो । अस्ट्रेलियाका लागि उस्मान खवाजाले सर्वाधिक ६० रन जोडे । भारतका रविन्द्र जडेजाले ४ तथा उमेश यादव र रविचन्द्रन आश्विनले समान ३-३ विकेट लिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया