क्रिकेट लिग-२: पीएनजीविरुद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
दुबई इन्टरनेसनल स्टेडियममा पीएनजीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल बलिङमा उत्रने भएको हो । सिरिजअन्तर्गत नेपालले पीएनजीसँग दोस्रो पटक खेल्न लागेको हो ।
यसअघिको पहिलो खेलमा नेपालले पीएनजीलाई ४ विकेटले पराजित गरेको थियो । तर पीएनजीले भने युएईलाई १ सय ३१ रनले पराजित गरेको थियो । अर्कोतर्फ दोस्रो खेलमा भने नेपालले बिहीबार युएईसँग ६८ रनको पराजय भोग्यो ।
लिग-२ अन्तर्गत यो नेपाल र पीएनजी दुबैका लागि ३१ औँ खेल हुनेछ । यसअघि ३० खेलबाट २८ अंक जोडेको नेपाल छैटौ स्थान तथा ७ अंक जोडेको पीएनजी पुछारमा रहेका छन् । युएई भने ३१ अंकसहित पाँचौ स्थानमा छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया