शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

कोभिड एलायन्स फर नेपालले अमेरिकासँग माग्यो खोप

काठमाडौँ : कोभिड एलायन्स फर नेपालले अमेरिकासँग १ करोड २० लाख डोज खोप सहयोग गर्न माग गरेको छ । एलायन्सकातर्फबाट नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीलाई पत्र लेख्दै उनीहरूले हालै अमेरिकाले कोभिड-१९ सँग जुध्न अमेरिकाले व्यक्तिगत सुरक्षा उपकरण तथा अन्य स्वास्थ्य सामग्री खरिदका लागि ८५ लाख अमेरिकी डलर दिन लागेकोमा प्रशंशा गर्दै नेपालका लागि यतिबेला अन्य उपकरण भन्दा पनि खोप नै महत्वपूर्ण रहेको बताएका छन् । 

एलायन्सको तर्फबाट पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत, चिकित्सक, प्राध्यापक, पत्रकार लगायतका तीन दर्जन नेपाली र नेपालीलाई माया गर्ने विदेशीले अमेरिकालाई संयुक्त आग्रह गरेका हुन् । नेपाली र अमेरिकी जनताबीच आपसमा विशेष सम्बन्ध रहेको भन्दै उनीहरूले यतिबेला नेपालमा कोभिड-१९ को दोस्रो लहरले ठूलो अवसाद परेको उल्लेख गर्दै सहयोगका लागि आग्रह गरेका छन् । मानव जीवन र आर्थिक क्षति अभूतपूर्व रहेको यस्तो अवस्थामा अहिलेसम्म कम जनसंख्याले मात्र खोप प्राप्त गर्नुले महामारीसँग सामना गर्नु चुनौतीपूर्ण रहेको उनीहरूले पत्रमा उल्लेख गरेका छन् ।

नेपाललाई महामारीले लपेट्दै लगेको छ, केही क्षेत्रमा ९० प्रतिशत परिक्षणहरूमा नयाँ संक्रमण भेटिएको भन्दैै उनीहरूले आगामी असार मसान्तसम्म नेपालमा ८ लाख सक्रिय संक्रमित हुनसक्ने र वर्तमान स्वास्थ्य पूर्वाधारले बिरामीको चापलाई नधान्ने बताएका छन् । अहिले नै अस्पतालमा बिरामीहरूको चाप बढेको छ र अवस्था विकराल हुँदै गएको खण्डमा मानवीय संकट निम्तने खतराप्रति उनीहरूले मित्रराष्ट्र अमेरिकाको ध्यानाकर्षण गरेका छन् । 

अमेरिकाले समयमा नै अत्यावश्यक कदम चालेको खण्डमा हजारौं जीवन जोगिन सक्ने भन्दै यसबाट नेपालले दीर्घकालमा भोग्नुपर्ने गरिबीको समस्यामा समेत कमी आउने पत्रमा उल्लेख छ । दुई देशबीचको सदियौं लामो सम्बन्ध र जनस्वास्थ्यमा अमेरिकाको आधा शताब्दीभन्दा लामो सहयोगलाई त्यहाँबाट जीवनाधार रूपमा प्राप्त हुने खोपले थप जीवन्त बनाउने एलायन्सको पत्रमा भनिएको छ । 

 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता