सप्तरीमा एक कोभिड संक्रमितको मृत्यु

जनकपुरधाम :: सप्तरीमा एक काेभिड संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड अस्प्तालमा उपचाररत सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर–४ लालापटिका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
ज्वरो, रुघा खोकी र स्वाशप्रश्वासमा समस्या भएका ती संक्रमितलाई जिल्लास्थित अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि पठाइएको थियो, बुधवार बिहानै उपचारको क्रममा उनको निधन भएको यादवले बताए ।
शुरुमा कोभिड पुष्टि नभएपनि कोभिड लक्षण देखिएको कारण कोभिड अस्पतालमा राखि उपचार भइरहेको थियो । स्वास्थ्य अवस्था बिग्रदै गएपछि स्वाब संकलन गर्दा मंगलबार कोभिड संक्रमण पुष्टि भएको थियो । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

प्रतिक्रिया