एन्फा बैठकमा चर्काचर्की

काठमाडौँ- महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीको माग राखिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) मा पदाधिकारीबीच विवाद भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा बोलाइएको बैठकका क्रममा तीन उपाध्यक्षसहित कार्यसमितिका बहुमत सदस्यले आफ्ना माग समावेश नभएसम्म कार्यसमिति बैठक सुरु हुन नदिने अडान राखेपछि विवाद भएको हो ।
उपाध्यक्षहरू विराटजंग शाही, दिपक खतिवडा, दीर्घबहादुर केसीसँगै सदस्यहरू पेमा डोल्मा लामा, रुपेश अधिकारी, रविन्द्र चन्द र रमेश व्यञ्जनकारले उक्त एजेन्डाहरु समावेश नगरिएको भन्दै अध्यक्ष पंकज विक्रम नेम्वाङको विरोध गरेका थिए ।
उनीहरूले एन्फाका महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीका साथै फिफा विश्वकप २०२२ को टिकट बिक्रीलगायतको एजेन्डा नराखिएको आरोप लगाए ।
तर अध्यक्ष नेम्वाङले उपस्थित २० जना मध्ये १० जनाको सहमति भएको भन्दै बैठक सन्चालन गरेका छन् । सोही क्रममा दुई पक्षबीच चर्काचर्की समेत भएको थियो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया