युएईलाई पराजित गरे नेपालले २०२४ को क्रिकेट विश्वकप खेल्ने

काठमाडौँ- आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत आयोजक युनाइटेड अरब इमिरेट्सलाई पराजित गरे नेपालले आगामी वर्ष यू-१९ विश्वकप खेल्नेछ ।
छनोटअन्तर्गत नेपाल र आयोजक युएईबीचको खेल बिहीबार इडेन गार्डेन ओभलमा हुनेछ । उक्त खेलको विजेताले सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्नेछ ।
छनोट प्रतियोगितामा नेपाल र युएई दुवैले अघिल्ला चारवटै खेलमा जित हात पार्दै समान ८-८ अंक जोडेका छन् । विजेता टोलीले भने पाँचवटै खेलमा विजयी हुँदै विश्वकपमा छनोट हुनेछ ।
छनोटमा युएई र नेपालसँगै सिंगापुर, कुवेत, हङकङ र मलेसियाको सहभागिता रहेको छ । प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा संचालन भइरहेको छ ।
यसअघि नेपालले सिंगापुरलाई ९६ रन, कुवेतलाई २ सय ४३ रन, हङकङलाई ९ विकेट तथा मलेसियालाई १० विकेटले पराजित गरेको थियो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया