मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

द हन्ड्रेडको ड्राफ्टमा सन्दीप र अर्जुन

काठमाडौँ- नेपाली लेग स्पिनर तथा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने र विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद 'द हन्ड्रेड' क्रिकेट लिगको ड्राफ्टमा परेका छन् ।

द हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्टको सूचीमा सन्दीप र अर्जुनलाई समेटिएको छ । ३ सय ६८ जना खेलाडीमध्ये सन्दीप र अर्जुन विदेशी कोटाको ड्राफ्टमा परेका छन् ।

अगस्ट १ तारिखबाट सुरु हुने द हन्ड्रेडको ड्राफ्ट मार्च २३ मा आयोजना आयोजकले जनाएको छ ।

पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरेपनि भिसा समस्याका कारण उनले लिग गुमाउन पुगेका थिए ।