सुनसान बागमती: देखिँदैनन् मलामी, सेनाको सलामीमै अन्त्यष्टि (फोटो फिचर)

काठमाडौँ : नेपालमा दोस्रो लहरको कोभिड–१९ संक्रमण तीब्र भएसँगै ज्यान गुमाउने संक्रमितको संख्या पनि दिनदिनै बढिरहेको छ । मंगलबार ५५ जना स्रक्रमितले ज्यान गुमाएकामा बुधबार(आज) ५८ जना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो १२ दिनमा कोभिड कारण साढे तीन सय बढीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि पशुपति आर्यघाटमा दाहसंस्कार गर्न पनि कठिनाइ हुन थालेको छ । मृत्यु हुनेको संख्या बढेसँगै विद्युतीय शवदाह गृहभन्दा बाहिर पनि शव जलाउन थालिएको छ । मृत्यु भएकाहरूको अन्त्येष्टि नेपाली सेनाको टोलीले गर्दै आएको छ ।
सुनसान जस्तो देखिने बागमती किनारमा आजभोलि दैनिक दर्जनौंको अन्त्यष्टि हुन्छ । त्यहाँ कोही मलामी देखिन्छन् न कोही आफन्त रोइकराई गरेको सुनिन्छ। बस नेपाली सेनाका जवानले सलामी दिन्छन् उनै मलामी बन्छन् र अन्त्यष्टि गरिन्छ कोभिड संक्रमणका कारण ज्यान गुमाएकाहरूको ।
तस्बिरः स्वरुप कोइराला

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया