फलोअनमा परेको न्यूजिल्यान्डले इंग्ल्यान्डलाई १ रनले हरायो
काठमाडौँ- घरेलु टोली न्यूजिल्यान्डले इंग्ल्यान्डविरुद्धको टेस्टमा रोमाञ्जक जित हात पारेको छ । फलोअनमा परेको न्यूजिल्यान्डले इंग्ल्यान्डमाथि १ रनको रोमाञ्चक जित हात पारेको हो ।
जितका लागि २ सय ५८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड २ सय ५६ रनमै समेटियो । जो रुटले ९५ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन ।
न्यूजिल्यान्डलाई जित दिलाउन नेल वागनरले सर्वाधिक ४ तथा टिम साउथीले ३ र म्याट हेनरीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेट गुमाएर ४ सय ३५ रन जोडेपनि पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो । उसका लागि ह्यारी ब्रुकले १ सय ८६ रन तथा जो रुटले १ सय ५३ रन जोडेका थिए । न्यूजिल्यान्डका म्याट हेनरीले ४ विकेट लिए ।
जवाफमा न्यूजिल्यान्डले पहिलो इनिङ्समा २ सय ९ रनमै सबै विकेट गुमायो । कप्तान टिम साउथीले ७३ रन जोडे । इंग्ल्यान्डका स्टुआर्ट ब्रोडले ४ तथा जेम्स एन्डरसन र ज्याक लिचले समान ३-३ विकेट हात पारे ।
त्यसपछि इंग्ल्यान्डले न्यूजिल्यान्डलाई फलोअनका लागि निम्तो दिएको थियो । न्यूजिल्यान्डले भने दोस्रो इनिङ्समा उत्कृष्ट पुनरागमन गर्दै ४ सय ८३ रन जोड्यो । केन विलियम्सनले १ सय ३२ रन तथा टोम ब्लन्डेलले ९० रनको योगदान गरे ।
इंग्ल्यान्डका ज्याक लिचले सर्वाधिक ५ विकेट लिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया